(१) कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपालीनागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाखरुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरे बापत यसउपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।
(२) कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(३) कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(३क) कसैले दफा ३ को उपदफा (७) वा दफा ५
को उपदफा (३) को खण्ड (ग) बमोजिम गरेको स्वघोषणा झुट्टो
ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई छ महिनादेखि
एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख
रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। झुट्टो स्वघोषणा गरी
नागरिकता प्राप्त /गरे बापत यस उपदफा बमोजिम सजाय भएमा
त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।
(३ख) कसैले झुट्टा विवरण दिई दफा ७क. बमोजिम
गैर आवासीय नेपाली नागरिकता लिएमा तीन महिनादेखि एक
वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँदेखि पचास हजार
रुपैयाँसम्म जरिबाना हुनेछ । झुट्टो विवरण दिई गैर आवासीय
नेपाली नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय
भएमा त्यसरी प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता
स्वतः रद्द हुनेछ ।
(३ग) कसैले दफा ८ को उपदफा (१) को खण्ड
(क१) बमोजिम गरेको स्वघोषणा झुट्टो ठहरेमा त्यस्तो झुट्टो
स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा
एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना-वा दुवै
सजाय हुनेछ । झुट्टो स्वघोषणा गरी नागरिकता “प्राप्त गरेबापत
यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको
नागरिकता स्वतः रद्द हुनेछ ।
(३घ) कुनै व्यक्ति मनासिब कारण बेगर दफा ८ को
उपदफा (ईइक) बमोजिम जारी गरिएको म्यादमा उपस्थित
नभएमा तीन महिनासम्म कैद वा दंश हजार रुपैयाँसम्म जरिबाना
वा दुवै सजाय हुनेछ ।
(४) कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफु खुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(५) दफा १२ बमोजिम झुठो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा१७ बमोजिम सच्याइएको विवरण झुठो प्रमाणित भएमा त्यस्तो झुठो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(६) नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी–जानी वा बदनीयत राखी यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारीउपर प्रचलित कानून बमोजिम विभागीय कारबाही हुनेछ ।
(७) उपदफा (१), (२) र (३) अन्तर्गत सजाय हुने कसूर गर्न उद्योग गर्ने वा मद्दत गर्ने
व्यक्तिलाई सोही उपदफामा तोकिएको सजायको आधा सजाय हुनेछ ।